Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चल, शोभित र माल्भिकाले ‘सिनेस्टार’ छान्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/03/13
नेपालमा अन्तर्राष्ट्रियस्तरको अभिनय सम्बन्धि रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ । यसबारेमा आयोजकले सोमवार काठमाडौंको मल्ल होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 
 
‘ओ मेगा इन्टरटेनमेन्ट’ को प्रस्तुतीमा हुन लागेको ‘मेघा सिनेस्टार’ एपी वान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । विजेताले २० लाख नगद र एउटा कार प्राप्त गर्ने कार्यक्रम निर्देशक प्रवेश सम्राट बरालले जानकारी दिए । 
 
 
उनले भने, ‘विजेतालाई तोकिएको राशीसँगै एक फिल्ममा अभिनय गर्ने सूवर्ण अवसर पनि प्रदान गर्ने छौं । गाउँ-गाउँमा रहेका प्रतिभालाई संसारभर चिनाउनका लागि हामीले ‘नेपाल्स मेघा सिनेस्टार’ सुरु गर्न लागेका हौं ।’ 
 
आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेेछ ।
 
उक्त रियालिटी शोमा मुख्य निर्णायकको रुपमा निर्देशकद्वय निश्चल बस्नेत, शोभित बस्नेत र मिस नेपाल (सन् २००२) माल्भिका सुब्बा रहेका छन् ।
 
निर्देशक निश्चल भन्छन्, ‘राम्रो प्रतिभालाई छान्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यो जिम्मेवारीलाई हामी न्यायपूर्वक निर्वाहा गर्नेछौं ।’ उनले ‘नेपाल्स मेघा सिनेस्टार’ बाट नेपाली फिल्म क्षेत्रले प्रतिभावान कलाकार पाउनेमा विश्वस्त रहेको बताए । 
 
शोको होस्ट गायक सन्तोष लामाले गर्नेछन् । प्री अडिसनमा करिब २० हजार सहभागी हुने अनुमान आयोजकको छ । उक्त प्रतियोगितामा सबै उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउने आयोजकले जनाएको छ ।
Most Visited News (monthly)