Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिम्बा’ मा प्रियाले रणवीरसँग रोमान्स गर्ने

एजेन्सी, मुम्बई, 2018/03/13
आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने कन्फर्म भएको छ ।
 
भारतीय मिडियाका अनुसार, प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेकी छिन् । फिल्ममा रणवीर सिंह लीड रोलमा छन् । 
 
 
आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को-प्रोड्यूस गरिरहेका करण जौहर पनि फिल्ममा प्रियालाई अनुबन्धित गर्न चाहन्थे । प्रियाले यसअघि नै रणवीरसँग काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।   
 
आजतक अनलाइन लेख्छ, ‘फिल्ममा हिरोइनको रोल धेरै छैन । तर प्रिया आँखा झिम्क्याएरै रातारात हिट भइन् । अहिले बलिउडले उनलाई संभावना बोकेको नायिकाको रुपमा हेर्न थालेको छ ।’
 
प्रिया प्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिजको पखाईमा छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्यारएकी छिन् ।
Most Visited News (monthly)