Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

यस्तो बन्यो ‘कोहलपुर एक्सप्रेस’ को शीर्ष गीत

फिल्मीखबर, काठमाण्डौ, 2018/03/12
म्यूजिक भिडियो डाइरेक्टर विशाल भण्डारीले पहिलो पटक निर्देशकको जिम्मेवारी सम्हालेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ ।
 
 
फिल्मको शीर्ष गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा केही स्थिर दृश्यहरु पनि समावेश छन् । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।
 
केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् । 
 
अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । 
 
‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण चर्चामा रहेको उक्त फिल्मको प्रदर्शन मिति बैशाख १४ गतेलाई कन्फर्म गरिएको छ ।
 
सुन्नुहोस् गीत :-
 

Most Visited News (monthly)