अन्ततः ‘टुल्की’ बोलको गीतका कारण चर्चामा रहेको फिल्म ‘मिस्टर भर्जिन’ ले आफ्नो रिलिज डेट तय गरेको छ । उक्त फिल्म अब आउँदो बर्ष २०७५ को भदौ १ गतेबाट प्रदर्शनमा आउने निर्देशक विशारद बस्नेतले जानकारी दिए ।
फिल्ममा गौरव पहारी, कमलमणी नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, विजय बराल, रविन्द्र झा, सागर ढकाल, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय छ ।
 (1)(1).jpg)
‘मिस्टर भर्जिन’ मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत छ ।
फिल्मलाई वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.ली. ले निर्माण गरेको हो । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह-निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।
१ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ ।

