Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

साम्राज्ञीको जवाफः ‘ट्याटु काण्डदेखि गाउँले रोलसम्म’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/12
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म 'ड्रिम्स' र 'ए मेरो हजुर २' बाट आफ्नो फरक परिचय बनाइसकेकी छिन् । बोल्ड एण्ड ब्यूटी शाह अहिलेकी 'मोस्ट डिमान्डेड' अभिनेत्री समेत हुन् । हालैमात्र उनले अभिनेता आर्यन सिग्देल निर्मित तथा अभिनीत फिल्म 'कायरा' मा १० लाख पारिश्रमिक बुझेको चर्चा छ । 
 
पब्लिक फिगर भएका कारण उनी जे गर्छिन् त्यो सबैका लागि चासोको विषय बन्ने गर्दछ । मिडियामा त उनका हरेक खबरले विशेष प्राथमिकता पाउने गरेका छन् । 'ए मेरो हजुर २' रिलिज प्रश्चात मिडियाको अगाडि खासै नपरेकी साम्राज्ञी आइतवार 'तिमीसँग' को ट्रेलर रिलिज कार्यक्रममा उपस्थित भईन् । यो उनी अभिनीत तेस्रो फिल्म हो, जुन चैत २३ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
गएको करीब ३ महिनाको अवधिमा उनी प्रायः गसिपमा रहिरहिन् । गोप्य अंगमा ट्याटु खोपेको काण्डदेखि गाउँले रोल अस्वीकार गरेको खबरले उनको चर्चामा कमी आउन दिएन । यस विषयमा विभिन्न समाचारहरु प्रकाशित भए, जसमा उनले राम्राभन्दा नराम्रा कमेन्ट नै बढी पढ्नु र सुन्नु पर्‍यो ।
 
आइतवार 'तिमीसँग' को ट्रेलर रिलिज कार्यक्रममा उनीमाथी पत्रकारका यीनै प्रश्नहरु तेर्सिए । कति प्रश्नको उत्तर हाँसिलो शैलीमा दिए पनि केही प्रश्नमा उनले पत्रकारमाथी नै रिस पोखिन् । 
 
१. 'तिमीसँग' गर्दाको अनुभव कस्तो रह्यो ? 
 
अभिनयको हिसाबले यो मेरो तेस्रो फिल्म हो । मैले आजसम्म यसरी रमाइलो गरेर कुनै पनि फिल्म गरेकी थिइनँ । हाँसिहाँसि फिल्मको सुटिङ सकियो । फिल्ममा हामी सबैले शतप्रतिशत दिएका छौं । टिम सबैभन्दा राम्रो थियो, यसकारण पनि काम गर्न सजिलो भयो । 
 
२ गाउँले रोल गर्दिन भन्नुभयो रे नी ? 
 
हो, मलाई फिल्मको अफर आएको थियो । अशोक शर्मा दाई आफैंले मलाई बोलाउनुभयो । स्क्रिप्ट सुनेँ र उहाँको स्क्रिप्ट मलाई राम्रो पनि लाग्यो । तर, भयो के भने मैले त्योभन्दा अगाडि फिल्म 'इन्टु मिन्टु लण्डनमा' साइन गरिसकेकी थिएँ । अझैसम्म पनि यो फिल्मको सुट सकिएको छैन । 
जतिबेला दाईको फिल्मको सुटिङ सुरु हुँदैथियो त्यो बेला मेरो लण्डनमा सुट थियो । समय नमिलेको कारण मैले अशोक दाईको फिल्म गर्न पाइनँ । गाउँले भूमिका मन नपरेको भन्ने खबर चाहीँ हल्ला मात्र हो । म कलाकार हुँ । कलाकारले यो गर्छु र त्यो गर्दिन भन्नै मिल्दैन । हामीले सबै गर्न सक्नु पर्छ ।' 
 
३. तपाईको संवेदनशिल अंगमा खोपेको ट्याटुको फोटो कसरी बाहिर आयो र यसलाई कसरी ह्यान्डिल गर्नुभयो ? 
 
मिडियाबाट गलत समाचार सम्प्रेशन भयो । उहाँहरुले वास्तविकता केही पनि नबुझी समाचार लेख्नुभयो । पछि त्यो आर्टिस्टले माफी मागेपछि के भएको थियो भन्ने कुरा सबैको आँखा अगाडि छर्लङ भयो । नचाहँदा-नचाहँदै त्यो फोटो बाहिर आयो त्यसका लागि  म माफी माग्छु । 
 
ट्याटु आर्टिस्टले मेरो ट्याटुको मात्र फोटो खिच्नुपर्ने थियो । तर, अरु नै हुन गयो । अब म यस विषयमा कुरा गर्न चाहन्नँ । जे भयो त्यो अब पुरानो भइसक्यो ।  
 
४. अभिनेता द्वय आकाश श्रेष्ठ र नाजिर हुसेनलाई कस्तो पाउनुभयो ? 
 
शाही स्वभावको छ आकाश । काम गर्दा भने मलाई नाजिर र आकाश दुवैसँग सजिलो भयो । नाजिर र म त जिग्री (साथी) नै भइसक्यौं । अहिले एउटा-एउटा कुरा शेयर हुन्छ । आकाशले भने अझै मिहिनेत गर्नुपर्छ । केही कुरामा भने ऊ सिरियस छैन ।
Most Visited News (monthly)