Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नेप्टे’ मा दयाहाङ भिलेन (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2018/03/12
अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा दया भिलेन बनेका छन् । सोमवार औपचारिक प्रेसमिट गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । 
 
 
ट्रेलरमा प्रेम, रोमान्स, एक्सनको कथा देखाउन खोजिएको छ । ट्रेलर कमेडी संवादले भरिएको छ । ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् । सार्वजनिकसँगै ट्रेलरले युट्युबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ । 
 
फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।
 
कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । 
 
चैत ३० गते युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म 'लिलिबिली' सँग यो फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)