Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुलही बनिन् अशिष्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/12
नेपाली अभिनेत्री अशिष्मा नकर्मी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले बानेश्वरका नविन प्रधानसँग सोमवार लगनगाँठो कसेकी हुन् । एक हप्ताको चिनजानमा यी दुईले विवाह गर्ने निधो गरेका थिए । 
 
पेशाले चार्टर्ड अकाउन्टेन्ट रहेका नविन अमेरिकामा बस्दै आएका छन् । उनी अशिष्मामा भाइको साथी हुन् । सोमवार अशिष्मा र नविनको विवाह कालिमाटी स्थित एक बैंकेटमा नेवारी परम्परा अनुसार भएको छ । 
 
 
नेवारी फिल्म र म्युजिक भिडियोमा राम्रो पहिचान बनाएकी अशिष्मा सन् २००३ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् । फिल्म 'अन्तराल' बाट डेब्यु गरेकी उनले 'अर्धकट्टी', 'राघव', 'तोरी लाउरे', 'लभ यु बाबा', 'बाटो मुनिको फूल २', 'संरक्षण' लगायत फिल्ममा अभिनय गरेकी छन् । 
 
सोमबार साँझ नै अशिष्माले फिल्मीकर्मीलाई बिहे भोजमा निमन्त्रणा दिएकी छिन् । काँचको पर्दामा चम्कने कोशिसलाई जारी राखेकी अशिष्मालाई सफल दाम्पत्य जीवनको शुभकामना !
Most Visited News (monthly)