Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

छविराजको ‘मंगलम’ हेर्न जब रेखा पुगिन् !

फिल्मीखबर, काठमाण्डौ, 2018/03/11
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको प्रतिक्षीत फिल्म ‘मंगलम’ ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि अधिकांश सिंगल 'स्कृन' दर्शकले भरिभराउ छन् । पहिलो शोका दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पारेको छ ।
 
 
यसैबीच, आइतवार विग मुभिजमा फिल्मको प्रेस शो राखिएको थियो । जहाँ पत्रकार मात्र होइन चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । ‘मंगलम’ हेर्न निर्माता छविराज ओझाकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी थिइन् ।
 
यसअघि छविराज, अभिनेत्री शिल्पा पोखरेलसँग रेखा निर्मित तथा अभिनीत फिल्म 'रुद्रप्रिया' हेर्न हल पुगेका थिए । रेखाले त्यही गुन तिरिन् । 
 
फिल्मको फस्ट हाफमा उनले ‘मंगलम’ की अभिनेत्री शिल्पा, अभिनेता पुष्प खड्का, छविराजका छोरा साकार ओझासँग सँगै बसेर तश्बिर खिचाइन् । छविराजसँग तश्बिर खिच्न नमानिरहेकी रेखा अन्ततः सञ्चारकर्मीको आग्रहपछि बाध्यतामा परिन् । अनि, धेरैपछि यी दुई मिडियाको क्यामेरामा कैद भए । 
 
फिल्म हेरेपछि रेखाले कलाकारदेखि निर्माता ओझासम्मको तारिफ गर्न छुटाइनन् । उनले भनिन्, ‘शिल्पा र पुष्पको अभिनयले मन छुन्छ । अन्य कलाकारहरुको अभिनय पनि तारिफ गर्न योग्य छ । निर्देशक नवल नेपालले आफूलाई फेरि एकपटक अब्बल निर्देशकको रुपमा प्रमाणित गर्नुभयो । लगानी गर्न निर्माता ओझाले कञ्जुस गरेका छैनन् ।’ 
 
 
फिल्मले श्रीमान र श्रीमतिबीचको कथा बोल्छ । यस्तै, अधिकांश पत्रकारले पनि फिल्म हेरिसकेपछि प्रशंसा गर्दै ‘मंगलम’ टिमलाई बधाइ दिएका थिए । फिल्म हेर्ने पत्रकारबाट निर्देशक नेपालको निर्देशकीय पक्ष र कलाकार द्वय शिल्पा र पुष्पको कामले तारिफ पाएको थियो । 
 
छविराज ओझा निर्मित २३ औँ फिल्म ‘मंगलम’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
पारिवारिक प्रेमकथामा आधारित उक्त फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । 
Most Visited News (monthly)