Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चीनमा ‘बजरंगी भाईजान’ ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2018/03/11
चीनमा रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ ले बक्सअफिसमा गज्जबको प्रदर्शन गरिरहेको छ । रिलिजको दोस्रो हप्तामा फिल्मले चीनको बक्सअफिसमा सय करोडभन्दा बढी कलेक्सन गरेको छ । 
 
योसँगै सलमानको यस फिल्मले अहिलेसम्म संसारभरबाट कूल ७ सय ५० करोड बढी कमाई गर्न सफल भएको छ । 'Little Lolita Monkey God Uncle' को नामबाट प्रदर्शन भइरहेको ‘बजरंगी भाईजान’ चीनको बलिउड बक्सअफिसमा आमिर खानको फिल्म 'पिके' लाई समेत पछाडि पार्ने अन्तिम दौडमा छ । फिल्म 'पिके' ले चीनमा लगभग १ सय २९ करोड कमाएको थियो । 
 
 
चीनमा सानदार प्रदर्शन गरिरहेको ‘बजरंगी भाईजान’ लाई दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले विजनेसमा ठुलो प्रभाव पारेको छ । उक्त फिल्म चीनको बक्सअफिसमा अहिलेसम्म सबैभन्दा धेरै कलेक्सन गर्ने तेस्रो बलिउड फिल्म बनेको छ । फिल्मको चीनमा कमाईको आँकडा १ सय २७ करोडभन्दा बढी छ । 
 
आमिर खानको फिल्म 'दंगल' १२ सय करोड र 'सीक्रेट सुपरस्टार' ८ सय करोड कमाउँदै चीनको चार्टमा टप हाइएस्ट ग्रसर बलिउड फिल्म बनेको छ । भारतीय बक्सअफिसमा ३ सय २० करोड कलेक्सन गरेको ‘बजरंगी भाईजान’ चीनमा ८ हजार स्क्रिनमा रिलिज भएको छ । 
 
कविर खान निर्देशित यो फिल्ममा सलमान खान, नवाजुद्दिन सिद्धिकी, करिना कपुर र बाल कलाकार हर्षाली मल्होत्राको अभिनय छ । फिल्मको बिषयवस्तु र बाल कलाकार हर्षालीलाई चीनका दर्शकले अत्याधिक रुचाएका छन् ।
Most Visited News (monthly)