Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फरहान गाउन नेपाल आउने

फिल्मीखबर, काठमाण्डौ, 2018/03/11
अभिनेता, निर्देशक, निर्माता, लेखक तथा पार्श्व गायक फरहान अख्तर नेपाल आउने भएका छन् । वर्ष २०६९ सालमा नै उनी एक सांगीतिक टुरका लागि नेपाल आउने बताइएपनि विभिन्न कारणले स्थगित भएको थियो । तर, अब भने उनी आउँदो चैत तेस्रो साता काठमाडौंमा हुने सांगीतिक कन्सर्टका लागि नेपाल आउन लागेका छन् । 
 
चैत २४ गते काठमाडौंको पाँच तारे होटल हायत रिजेन्सीमा 'फरहान अख्तर लाइभ इन नेपाल' आयोजना गरिएको छ । रोयल च्यालेन्ज र नज्ज्य इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको कन्सर्टमा फरहानले नेपाली दर्शकलाई 'एक जुनून', 'सोचा है', 'तुम हो तो, 'रक अन' जस्ता आफूले गाएका गीत सुनाउने छन् । 
 
 
३ बजेदेखि सुरु हुने कन्सर्टका लागि २ हजार र ४ हजारको टिकट मूल्य तोकिएको छ । बलिउडमा बहुआयमिक 'ब्राभो' कलाकारको परिचय बनाएका फरहानका नेपालमा पनि धेरै फ्यान छन् । उनले 'दिल चाहता है', 'लक्ष्य', 'डन' लगायत फिल्म निर्देशन गरेका छन् । 
 
सन् २००७ मा 'द फकिर अफ भेनिस' बाट अभिनय यात्रा थालेका फरहानले 'रक अन', 'भाग मिल्खा भाग', 'जीन्दगी ना मिलिगी दोबारा' लगायतका फिल्ममा पनि अभिनय गरिसकेका छन् ।
Most Visited News (monthly)