Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेस शोमा ‘गाजा बाजा’ को तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2018/03/10
शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘गाजा बाजा’ का कलाकार, निर्देशक र निर्माताले शनिवार पत्रकारसँग बसेर फिल्म हेरेका छन् । गणेशदेव पाण्डेको निर्देशन रहेको फिल्ममा सुशील सिटौला र अनुपम शर्मा मुख्य भूमिकामा छन् । 
 
फिल्मले गाँजा खानका लागि दुई युवाले गरेको एक दिनको संघर्ष कथा वाचन गरेको छ । लेखन पनि निर्देशक पाण्डेकै हो । अधिकांश पत्रकारले फिल्म हेरिसकेपछि प्रशंसा गर्दै ‘गाजा बाजा’ टिमलाई बधाइ दिएका थिए ।
 
फिल्म हेर्ने पत्रकारबाट निर्देशक पाण्डेको निर्देशकीय पक्ष, याकोपो रास्लिकको छायांकन र कलाकार द्वय सुशील र अनुपमको कामले पनि तारिफ पाएको थियो । 
 
 
प्रेस शोमा ह्यान्डसम भिलेन प्रशान्त ताम्राकार पनि उपस्थित थिए । फिल्म हेरिसकेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रशान्तले ‘गाजा बाजा’ ले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेको बताए ।
 
उनले भने, ‘मलाई निकै राम्रो लाग्यो । कलाकारको अभिनय जीवन्त छ । निर्देशक पाण्डेको कामको शब्दमा कसरी बयान गरुँ । फिल्म हेर्दा समय र पैसा खेर जाँदैन ।’ 
 
सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको उक्त फिल्ममा वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको पनि अभिनय रहेको छ । 
 
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी फिल्मका निर्माता हुन् । टुका इन्टरटेन्टमेन्ट र डिआर फिल्मसको व्यानरमा फिल्म निर्माण भएको हो । फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
Most Visited News (monthly)