Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीदेवीको जीवनमा फिल्म बनाउँदै बोनी

एजेन्सी, मुम्बई, 2018/03/10
श्रीदेवीको आकस्मिक निधनका कारण पति बोनी कपूर अहिले पनि गहिरो शोकमा छन् । तर, यस्तैमा उनले एक निकै ठूलो फैसला लिएका छन् । अब उनले श्रीदेवीलाई पर्दामा जीवित गर्ने भएका छन् । अर्थात्, श्रीदवीको जीवनमा उनले फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । 
 
बोनी कपूर, श्रीदेवीको गोप्य तथ्यमा वास्तविक फिल्म निर्माण गर्ने तयारीमा जुटेका छन् । यो फिल्म एक डकुमेन्ट्री जस्तै हुनेछ, जसमा श्रीदेवीको वास्तविक आवाज र उनको जिन्दगीसँग जोडिएका असली भिडियो प्रयोग गरिनेछ ।
 
 
दुनियाँबाट अलविदा भनेकी श्रीदेवीलाई फेरि जीवित गर्ने जिम्मा बोनी कपूरले शेखर कपूरलाई दिएका छन् । २१ वर्ष पहिला शेखरले श्रीदेवीलाई लिएर 'मिस्टर इन्डिया' बनाएका थिए ।
 
फरक यतिमात्र हुनेछ कि यसपटक लाइट, क्यामेरा र एक्सनमा अभिनय गर्नका लागि श्रीदेवी होइन उनको भिडियो र आवाज हुनेछ । संसार छाड्नु अगाडि श्रीदेवीले शेखरको निर्देशनमा 'मिस्टर इन्डिया पार्ट २' गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।   
 
यसपटक बोनी कपूर पर्दाको पछाडि रहेर श्रीदेवीको जिन्दगीको बारेमा नसुनेका कुरा दर्शकलाई देखाउँदैछन् । मिडिया रिपोर्ट्सका अनुसार, डकुमेन्ट्रीमा श्रीदेवीको लजालु युवतीदेखि सानदार अभिनेत्रीसम्मको सफर देखाइनेछ ।  
Most Visited News (monthly)