Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जम्ला त प्रदीप र जसिताको जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/10
युवा स्टार अनमोल केसी प्रमुख भूमिकामा रहेको फिल्ममा अभिनेत्री छायाँमा पर्छन् भनिन्छ । अहिले अर्का युवा स्टार प्रदीप खड्काको फिल्ममा अभिनय गर्ने अभिनेत्रीहरु पनि ओझेलमा पर्ने चर्चा सुरु हुन थालेको छ । 'प्रेमगीत २' मा अभिनेत्री अश्लेषा ठकुरी यसको शिकार पनि भईन् । 
 
 
प्रदीप अभिनीत नयाँ फिल्म 'लिलिबिली' आउँदो चैत ३० गतेबाट प्रदर्शनमा आउँदैछ । उनले नव-नायिका जसिता गुरुङ र अभिनेत्री प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गरेका छन् । प्रियंकालाई सायदै प्रदीपको छायाँमा पर्ने डर होला । तर, यही फिल्म डेब्यू भएका कारण जसितालाई भने यो डर र चिन्ता पक्कै छ । 
 
गएको मंगलवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनिन्, 'प्रदीप नेपालको नम्वर वान एक्टर हो । उसको काम गर्ने शैलीबाट म प्रभावित छु । तर, छायाँमा पर्छु जस्तो चाहीँ लाग्दैनँ । मेरो काम कस्तो छ त्यसैमा भर पर्छ ।' 'लिलिबिली' रिलिज पश्चात जसिताले आफू आफ्नै नामबाट चिनिन चाहेको पनि बताइन् । 
 
 
उनी अगाडि थप्छिन्, 'प्रदीपकी हिरोइन भनेर चिन्दा पनि मलाई फरक पर्दैनँ ।' यसअघि सार्वजनिक भएको फिल्मको दुई गीत र हालै रिलिज भएको ट्रेलरमा प्रदीप र जसिताको केमेष्ट्रीलाई खुब रुचाइएको छ ।  
 
धेरैले पहिलो पटक प्रदीपले सुहाउँदो जोडी भेटेको प्रतिक्रिया पनि दिएका छन् । आशा गरौँ- उनले यसअघिका फिल्मबाट पाएको जोडी नसुहाएको भन्ने कमेन्ट 'लिलिबिली' बाट सुन्ने छैनन् ।
Most Visited News (monthly)