Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बोबी’ टिजरमा हेर्नुस् रियल जोडीको प्रेमकथा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/10
रियल लाइफमा समेत जोडीको रुपमा रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार भएको फिल्म ‘बोबी’ को अफिसियल टिजर सार्वजनिक भएको छ । टीजरमा यो कपलको प्रेममा परिवार बाधक बनेको देखाइएको छ । 
 
फिल्ममा यी दुईको प्रेम, संघर्ष र सफलताको कथा छ । मिलन चाम्स फिल्मका निर्देशक हुन् ।  
 
 
उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
 
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । 
 
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ । फिल्मको प्रदर्शन मिति तय भएको छैन । 
 
टिजरमा हेर्नुस् :-
 

Most Visited News (monthly)