Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आशिरमान र शिल्पालाई लिएर ‘द ब्रेकअप’ घोषणा, सलोनको जोडी इच्छा

फिल्मीखबर, काठमाडौं, 2018/03/09
‘ग्याङस्टार ब्लूज’ का डेब्यू ब्वाई आशिरमान देशराज जोशीलाई लिएर ‘गाजलु’ टिमले फिल्म ‘द ब्रेकअप’ घोषणा गरेको छ । विभिन्न कारणले लामो समयदेखि छायांकन सुरु हुन नसकेको फिल्मको अगाडि ‘द’ थपेर ‘ब्रेकअप’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । 
 
फिल्ममा आशिरमानको जोडीको रुपमा अभिनेत्री शिल्पा मास्के छिन् भने, अभिनेता सलोन बस्नेतसँग नव-अभिनेत्री इच्छा कार्कीको जोडी बाँधिएको छ । अष्ट्रेलिया र पोखरामा खिचिने फिल्मको आइतवारबाट छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिए । 
 
लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिने हेमराज विसी ‘द ब्रेकअप’ का निर्देशक हुन् । कथा पनि उनकै हो । उनले लभस्टोरी र कमेडी जनरामा फिल्म बन्ने जानकारी दिए । उनले भने, ‘राम्रो फिल्म बनाउने सोचले अगाडि बढेका कारण फ्लोरमा जान समय लागेको हो ।’ 
 
 
रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मका लागि आशिरमानलाई १५ लाख पारिश्रमिकमा अनुवन्धित गरेको निर्माण टिमबाट खबर प्राप्त छ । ‘ग्याङस्टार ब्लूज’ बक्सअफिसमा असफल भएपछि ‘ब्रेकअप’ बाट आशिरमानलाई हटाइएको खबर पनि बाहिर आएको थियो । 
 
यस विषयमा जानकारी दिँदै निर्माता अधिकारीले भने, ‘यो गलत हल्ला हो । हाम्रो पहिलो र अन्तिम रोजाई नै आशिरमान हुन् ।’ आशिरमानले पनि यो खबरलाई गलत भने । 
 
उनी भन्छन्, ‘राम्रो फिल्म बनाउनका लागि समय लिएका मात्र हौं । यदी म निस्केको भए फेरि किन ‘द ब्रेकअप’ मा जोडिएँ ?’ फिल्ममा सलोन भएपछि लिड अभिनेतालाई थ्रेट हुन्छ भनिन्छ ।
 
आशिरमानलाई सलोनको उपस्थिति महंगो पर्ने त होइन ? पत्रकारको प्रश्नमा उनले भने, ‘आफूले राम्रो काम गर्ने हो । फिल्ममा कसले कसलाई छायाँमा पार्छ भन्ने कुरा ठूलो होइन । म राम्रो काम दिने प्रयास गर्नेछु ।’
 
अभिनेता सरोज खनालको समेत प्रमुख भूमिका रहने फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को भदौ १५ गतेलाई कन्फर्म गरिएको छ । 
Most Visited News (monthly)