शाहरुख खान, आनन्द एल रायको फिल्म ‘जीरो’ को सुटिङ सकाएपछि ‘डन ३’ को काम सुरु गर्दैछन् । ‘डन २’ रिलिजको झन्डै ७ वर्षपछि शाहरुख फेरि पर्दामा अन्डरवर्ल्ड डनको रुपमा देखिनेछन् ।
फिल्ममा प्रियंका चोपडा वा दीपिका पादुकोण लीड रोलमा हुने खबर थियो, तर अब फिल्ममा कुनै नयाँ नायिकालाई मौका दिइँदैछ । फिल्मका प्रोड्यूसर रितेश सिधवानीले आई.ए.एन.एस.सँग भने- 'दीपिका 'डन' मा हुने छैनन् ।' तर, फिल्ममा प्रियंका हुने छिन् वा छैनन्, यस विषयमा भने उनी चुप छन् ।

ट्रेड एनालिस्ट रमेश बालाले सबै हल्लाहरुलाई खारेज गर्दै मेकर्स ‘डन ३’ मा नयाँ अनुहार बलिउडमा लञ्च गर्ने तयारीमा रहेको बताएका छन् । उनले ट्वीट गर्दै फिल्म दुबई र अबूधाबीमा सुट हुने जानकारी दिएका छन् । फिल्मको सुटिङ २०१९ बाट सुरु हुनेछ ।
निर्माता तथा निर्देशक फरहान अख्तरले फिल्मको एक्सन सिन आकर्षक बनाइने बताएका छन्, जसका लागि हलिउड स्टन्ट डाइरेक्टरको मद्दत लिइनेछ । बलिउड सुपरस्टार अमिताभ बच्चनको प्रमुख भूमिका रहेको फिल्मको रिमेक हो 'डन' ।
२००६ मा फरहान अख्तरको निर्देशनमा 'डन' र उनकै निर्देशन तथा निर्माणमा २०११ मा उक्त फिल्मको दोस्रो सिक्वेल निर्माण भएको थियो । शाहरुख अभिनीत हिट फिल्मको सूचीमा 'डन' को दुवै श्रृंखला सामेल छन् ।

