Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झोला’ निर्देशकको ‘भोर’ टिजरमा दाइजोको पीडा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/09
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ को टिजर युट्युबमा सार्वजनिक भएको छ । 
 
 
टिजरमा दाइजोको पीडा झल्काइएको छ । बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथा बोल्छ । 
 
कृष्ण धारावासीको कथामा निर्मित फिल्ममा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख भूमिकामा छन् ।
 
फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । दिपक बज्राचार्यले छायांकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । 
 
टिजर हेर्नुहोस् :-
 

Most Visited News (monthly)