Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हलमा ‘हुर्रे’, ‘मंगलम’ र ‘गाजा बाजा’, कुन चल्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/09
शुक्रबारदेखि तीन नेपाली फिल्म रिलिज भएका छन् । नवल नेपाल निर्देशित ‘मंगलम’, यम थापाको ‘हुर्रे’ र गणेश देव पाण्डे निर्देशित ‘गाजा बाजा’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । यी तीनवटै फिल्म फरक जनराका छन् । तर, एकसाथ प्रदर्शनको प्रत्यक्ष असर यी तीनै फिल्मको व्यापारमा पर्नेछ ।
 
बाघ निर्माताको रुपमा चिनिएका छविराज ओझा निर्मित २३ औँ फिल्म ‘मंगलम’ मा शिल्पा पोख्रेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । 
 
पारिवारिक प्रेमकथामा आधारित उक्त फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विष्णु घिमिरेको छायांकन, गोविन्द फूयाँलको शब्द, मित्रदेव गुरुङको सम्पादन, गोविन्द र नवल नेपालको संवाद छ । 
 
‘मालतीको भट्टी’ र ‘मञ्जरी’ फिल्म निर्देशन गरिसकेका गणेशको ‘गाजा बाजा’ ले कुलतमा फसेका युवाहरुको कथा बोल्छ । लामो समय यो फिल्म नामका कारण विवादमा फसेको थियो ।
 
अन्ततः नामको माथी रहेको चन्द्रविन्दु हटाएपछि फिल्मले प्रदर्शनका लागि अनुमती पाएको हो । सेन्सर बोर्डबाट 'एडल्ट' सर्टिफिकेट पाएको उक्त फिल्म १६ वर्षभन्दा कम उमेरका बालबालिकाले हेर्न पाउने छैनन् । 
 
 
फिल्ममा सुशील सिटौला, अनुपम शर्मा, वर्षा सिवाकोटी, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतको अभिनय रहेको छ । यो मल्टिप्लेक्स स्क्रिन लक्षित फिल्म हो ।
 
याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी फिल्मका निर्माता हुन् । टुका इन्टरटेन्टमेन्ट र डिआर फिल्मसको व्यानरमा फिल्म निर्माण भएको हो । 
 
यस्तै, स्क्रिप्ट राईटर यम थापाको ‘हुर्रे’ दोस्रो निर्देशकीय फिल्म हो । कमेडी जनरामा बनाइएको फिल्मको कथा निर्देशक थापा आफैंको हो । अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खडका लगायतका कलाकारहरु फिल्ममा लिड रोलमा छन् । 
 
दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ दोर्जे लामाको लगानी रहेको छ । प्रायः भिलेन चरित्रमा देखिँदै आएका अनुपविक्रम भने यसपटक पण्डित 'महाराज' बनेका छन् ।
Most Visited News (monthly)