अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘चङ्गा जस्तै’ बोलको गीत सार्वजनिक गरियो, जसमा आकाश फिचर छन् ।

गीतमा प्रतिक पौडेलको स्वर, शब्द र संगीत छ । गीत मुख्यतः युवा पुस्ता लक्षित छ । लभस्टोरी जनराको फिल्मको गीतमा कहिँकतै पार्टी मुडमा त कतै 'जर्नी' मुडमा विन्दास अवतारमा आकाश अनि उनको टिम देखिएको छ ।
रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका छन् । अभिनेता आकाशले फिल्मको कथाले मन छोएका कारण आफू आवद्ध भएको सुनाए । करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए ।
निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।
गीत हेर्नुहोस् :-
आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल फिल्ममा प्रमुख भूमिकामा छन् । ‘ब्ल्याक’ को रिलिज डेट वर्ष २०७५ को जेठ ११ गतेलाई तय गरिएको छ ।

