मंगलवार साँझ इन्टरनेट रिलिज भएको युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘लिलिबिली’ को ट्रेलर युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । सार्वजनिक भएको २ दिनमा ट्रेलर झन्डै ४ लाख पटक भिजिट भएको छ ।
.jpg)
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । ट्रेलर कलरफूल बनेको छ । लोकेशन, छायांकन गजबको छ । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो ।
प्रदीप र नव-नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन् । ट्रेलरमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री प्रियंका कार्कीलाई सस्पेन्स शैलीमा प्रस्तुत गरिएको छ ।
१३ हजार लाइक्स र २ हजार बढी कमेन्ट मिलेको ट्रेलरलाई अधिकांशले राम्रो बोलेका छन् । धेरैले प्रदीप र जसिताको केमेष्ट्रीको चर्चा गरेका छन् । कमेन्टमा प्रदीप र अनुपका फ्यानहरु विभाजित समेत भएका छन् ।
ट्रेलर हेर्नुहोस् :-
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको फिल्ममा मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरु पनि अभिनय छ । ‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सुदिप बरालले फिल्म खिचेका हुन् ।

