
बलिउडका ‘दबंग’ एक्टर सलमान खान फिल्म ‘यमला पगला दीवाना : फिर से’ मा केमियो गर्दै देखिने भएका छन् । उनले हालैमा बलिउड सुपरस्टार धर्मेन्द्रसँग सुटिङ गरेका छन् ।
सुटिङको सेटबाट बाहिरिएको तश्बिरमा दुई सुपरस्टारलाई निर्देशक साजिद नाडियावालासँग देख्न सकिन्छ । साजिदले प्रोड्यूसरको रुपमा धर्मेन्द्रसँग पहिलो फिल्म गरेका थिए भने, उनकै निर्देशनमा पहिलो फिल्म सलमानसँग थियो ।
‘यमला पगला दिवाना ३’ मा सोनाक्षी सिन्हा पनि देखिँदैछिन् । यो फिल्म ‘यमला पगला दीवाना’ फ्रेन्चाइजीको तेस्रो फिल्म हो । फिल्ममा सनी देओल, बबी देओल र कृति खरबन्दा जस्ता कलाकारको प्रमुख भूमिका छ ।
.jpg)
फिल्मलाई निर्देशन नवनैत सिंह गरिरहेका छन्, जो पञ्जाबी फिल्मका चर्चित निर्देशक हुन् । उनको निर्देशनमा ‘यमला पगला दिवाना ३’ पहिलो बलिउड फिल्म हो ।

