Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमपिण्ड’ मनपर्ने दर्शकलाई ‘पञ्चायत’ : सरोज खनाल

फिल्मीखबर, काठमाण्डौ, 2018/03/08
चैत २ गतेबाट अलनेपाल प्रदर्शनको तरखरमा रहेको फिल्म ‘पञ्चायत’ टिम मोफसल यात्रामा निस्केको छ । ५० बर्ष अगाडिको सामाजिक संरचना र त्यो समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोण र छाउपडी प्रथामा बस्ने किशोरीको पीडालाई ‘पञ्चायत’ मा देखाइएको निर्देशक शिवम् अधिकारी बताउँछन् । 
 
उनी भन्छन्, ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म हो । आजभन्दा ७ वर्ष अगाडि नै फिल्मको कथा लेखेको थिएँ । बल्ल स्क्रिप्टले पूर्णता पाएको छ ।’
 
बुधवार चितवनको भरतपुरमा पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै अभिनेता सरोज खनालले आफू अभिनीत फिल्म ‘प्रेमपिण्ड’ मन पराउने दर्शकलाई ‘पञ्चायत’ हेर्न आग्रह गरे । 
 
 
उनी भन्छन्, ‘वर्षौ–वर्षसम्म अर्काइभ (अभिलेख) गरेर राख्ने खालको फिल्म बनेको छ । एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो भन्ने कुरा ‘पञ्चायत’ हेरेपछि प्रष्ट हुन्छ ।’ अभिनेत्री नीता ढुंगाना ‘पञ्चायत’ गर्व गर्न लायकको फिल्म बनेको बताइन् । 
 
यो फिल्ममा सरोज र नीताका अलवा रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । 
 
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् । 
 
यसअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।  
Most Visited News (monthly)