Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लिलिबिली’ ट्रेलरमा प्रियंका ३ सेकेन्डमै सिमित !

फिल्मीखबर, काठमाण्डौ, 2018/03/07
वर्ष २०७५ को नयाँ वर्षको छेको अर्थात्, चैत ३० गते बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ रिलिजको तरखरमा छ । निर्माण अगावैदेखि विभिन्न कारणले चर्चामा रहेको यस फिल्मको मंगलवार ट्रेलर रिलिज भयो । ट्रेलरमा अभिनेता प्रदीप खड्का र नव-नायिका जसिता गुरुङको प्रेम, रोमान्स र विछोडलाई बढी फोकस गरिएको छ । 
 
प्रदीप र जसिताकै लागि फिल्म बनेको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । फिल्ममा अभिनेत्री प्रियंका कार्की र अभिनेता अनुप विक्रम शाही पनि प्रमुख भूमिकामा छन् । दर्शकको ध्यान तान्न अनुपलाई ट्रेलरमा राम्रै स्थान दिइएपनि प्रियंका भने मात्र ३ सेकेन्ड झुल्किएकी छिन् । ३ मिनेट ६ सेकेन्ड लामो फिल्मको ट्रेलरमा प्रियंकालाई सिला खोज्नु पर्छ । 
 
प्रियंका आफैंमा बलियो क्रेज बोकेकी अभिनेत्री हुन् । उनलाई हेर्नकै लागि भएपनि धेरै दर्शक हलसम्म पुग्ने गर्छन् । ‘लिलिबिली’ हेर्न हलसम्म दर्शक तान्ने जिम्मेवारी प्रियंकामाथी पनि रहन्छ । तर, निर्माण टिमले भने यसलाई पूरै वेवास्था गरेको छ । दर्शकलाई हलसम्म ल्याउन लोभ्याउने फिल्मको बलियो अस्त्र भनेकै ट्रेलर हो । 
 
 
ट्रेलरमा बढी प्राथमिकता नदिनुको पछाडि उनको भूमिका सस्पेन्स राख्न निर्माण पक्षले अपनाएको चलाखी पनि हुनसक्छ । तर, यसको असर फिल्मको विजनेशमा नपर्ला भन्न सकिन्न । किनकी, केही प्रतिशत दर्शक ट्रेलरमा अटाएका स्टार कास्ट कलाकार हेरेरै हलसम्म पुग्ने गर्छन् । 
 
ट्रेलरमा आँखा झिमिक्क पार्दा विलिन हुने प्रियंका कतै फिल्ममा केमियो भूमिकामा त छैनन् ? निर्देशक मिलन चाम्स भन्छन्, 'प्रियंका लिड रोलमा छिन् । तर, उनको भूमिका निकै सस्पेन्स छ, जुन हलमा हेर्दा नै मज्जा आउँछ ।'
 
३ सेकेन्ड मात्र देखिएपनि उनलाई प्रदीपसँग रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ । जसितासँग विछोड भएपछि प्रदीप, प्रियंकासँग नजिक हुन्छन् भन्ने अनुमान लगाउन ट्रेलरबाट गाह्रो छैन । 
 
ट्रेलर हेर्नुहोस् :-
 

 
‘लिलिबिली’ स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । सुदिप बरालले फिल्म खिचेका हुन् ।
 
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
Most Visited News (monthly)