Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरको ‘सिम्बा’ मा अजय पनि

फिल्मीखबर, काठमाण्डौ, 2018/03/07
अभिनेता अजय देवगन र निर्देशक रोहित शेट्टीको जोडीले धेरै हिट फिल्म दिएका छन् । अब रोहित, अभिनेता रणवीर सिंहसँग एक्सन प्याक्ड फिल्‍म ‘सिम्बा’ बनाउँदैछन्, तर यसमा पनि रोहितको लक्‍की चार्म अजय देवगन पनि देखिने भएका छन् । 
 
रोहित शेट्टीले अहिलेसम्म १३ फिल्म निर्देशन गरेका छन् र त्यसमध्ये १० फिल्ममा अजय प्रमुख भूमिकामा छन् । फेरि एकपटक अजय र रोहितको टिमअप भएको छ । यो फिल्ममा अजय विशेष भूमिकामा देखिनेछन् । 
 
 
सूत्रका अनुसार, रोहित चाहन्थे कि कोहीँ यो फिल्मको एक स्पेशल भूमिका निर्वाहा गरोस्, यसकारण उनले यसका लागि सिधै अजय देवगनलाई अप्रोच गरे । अजय देवगन, रणवीर सिंह स्‍टारर ‘सिम्बा’ को क्‍लाइमेक्‍समा देखिन सक्नेछन् ।  
 
‘सिम्बा’ मा रणवीर एक पुलिस अफिसर संग्राम भालेराउको भूमिकामा देखिँदैछन् ।  यसअघि 'दबंग' सिरिजमा सलमान खान र 'सिंघम' सिरिजमा अजय देवगनले प्रहरीको भूमिका निर्वाहा गरिससकेका छन् । 
 
‘सिम्बा’ साउथ फिल्म टेम्परको रिमेक हो, जसमा जूनियर एनटीआर र काजल अग्रवाल मुख्य भूमिकामा थिए । फिल्मलाई रोहित र करन जोहरले संयूक्त रुपमा निर्माण गर्दैछन् । 
Most Visited News (monthly)