Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.60/5.00)
Text size:-
+
-

नेपाली फिल्मको ५० वर्ष पूरा, पुराना फिल्मलाई डिजिटाइजेशन गरिने

फिल्मीखबर, काठमाण्डौ, 2018/03/06
नेपाल चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्मलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । बोर्डको २०७४ पुस २४ गते अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा बसेको बैठकले यस्तो योजनाको निर्णय गरेको हो ।
 
निर्णयले 'आमा' सहित १२ वटा नेपाली फिल्मलाई पहिलो चरणमा डिजिटाइजेशन गर्न लागेको हो । पुराना रिल प्रविधिबाट बनेका फिल्महरू खुइलेर तथा नष्ट भएर जानसक्ने भएकोले त्यसलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्न लागिएको अध्यक्ष निकिताले जानकारी दिइन् । 
 
 
पुराना फिल्मलाई डिजिटाइजेशनको प्रक्रियामा लैजान विकास बोर्डले यसअघि नै एउटा समिति बनाएको थियो । समितिले पुराना फिल्महरुलाई क्रमशः डिजिटाइजेशन प्रक्रियामा लैजान सिफारिस गरेको छ । डिजिटाइजेशन भएपछि सबै १६ एम्.एम्. र ३५ एम्.एम्.का फिल्महरु अब २ के. र ४ के. फर्म्याटमा हेर्न सकिनेछ । 
 
आगामी असार १६ गते चलचित्र विकास बोर्डको वार्षिकोत्सवमा नेपाली फिल्मको निर्माण, उत्पादन शुरु भएको ५० वर्ष नाघेको स्वर्णकालको उपलक्ष्यमा सप्ताव्यापी रूपमा ती फिल्महरूलाई फिल्म फेस्टिवलको रूपमा प्रदर्शनीसमेत गर्ने तयारी बोर्डले गरेको छ । पुराना फिल्मलाई डिजिटाइजेशन गरी एकसातासम्म प्रदर्शन गर्न लागिएको अध्यक्ष निकिता पौडेलले बताइन् । 
Most Visited News (monthly)