Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अनुपलाई ‘महाराज’ बन्दाका चुनौती !

फिल्मीखबर, काठमाण्डौ, 2018/03/06
फिल्मको पोजेटिभ क्यारेक्टर अर्थात्, स्टाइलिस्ट, बान्की अनुहार, सुडौल शरीर, सुकिलो-मुकिलो । अर्कोतर्फ भिलेन अर्थात्, फिल्मको नेगेटिभ क्यारेक्टर- धुस्रो, फुस्रो, डरलाग्दो, घिनलाग्दो । केही वर्ष अगाडिसम्मका फिल्ममा हिरो र भिलेनको परिभाषा यस्तै बुझिन्थ्यो  । 
 
तर, आजभोली नेपाली फिल्ममा भिलेनहरु हिरोको लुक्सलाई नै टक्कर दिने खालका हुन थालेका छन् । एक यस्तै अभिनेता हुन् अनुप विक्रम शाही । उनलाई कति फिल्ममा पोजेटिभ र कतिमा नेगेटिभ भूमिकामा दर्शकले हेर्दै आइरहेका छन् । हालै मात्र उनले डरलाग्दो भिलेन (निगम बाबा) को रुपमा काम गरेको फिल्म 'कृ' रिलिज भएको थियो । 
 
अब उनी यही फागुन २५ गते पण्डित महाराज बनेर पर्दामा आउँदैछन् । फिल्म हो 'हुर्रे' । यसअघि उनलाई पण्डितको भूमिकामा दर्शकले देखेका थिएनन् । फरक-फरक भूमिका गर्न रुचाउने अनुप यस फिल्मका लागि आफ्नो लोभलाग्दो केस मुण्डन गरेको तितो अनुभव सुनाउँछन् । 
 
 
'मेरो हातमा ब्याक टू ब्याक फिल्म थियो, जसका लागि कपाल अनिवार्य थियो । तर म आफ्नो भूमिकामा कञ्जुस पनि गर्न हिचकिचाउँदिनँ । सायद सबै कलाकारका लागि आफ्नो कपाल काट्नु पर्ने चाहीँ सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ । मैले न्याचुरल देखियोस् भन्नका लागि केस मुण्डन गरेँ ।' अनुप भन्छन् । 
 
आफ्नो मान्छे पशुपति मन्दिरमा पण्डित भएका कारण पनि 'हुर्रे' मा ‘महाराज’ को भूमिका निर्वाहा गर्न सजिलो भएको उनको भनाई छ । आफ्नो फरक-फरक अवतारका कारण चर्चामा रहने अनुपको पहिलो पटक पण्डित अवतार दर्शकका लागि पक्कै नौलो हुनेछ । 
 
उनले आफूलाई भर्सटायल एक्टरको रुपमा स्थापित गर्नका लागि पनि फिल्म 'हुर्रे' मा निर्वाहा गरेको भूमिकाले दर्शकको ध्यान खिच्न आवश्यक छ । र, बक्सअफिसमा सुखद नतिजा पनि । ‘महाराज’ को भूमिकालाई पनि दर्शकले एसेप्ट गर्नेमा उनी भने ढुक्क छन् । 
 
उनी थप्छन्, 'फरक भूमिका निर्वाहा गर्दा ममा कति अभिनय क्षमता रहेछ भन्ने पनि थाहा हुन्छ । यसकारण पनि मलाई नौलो क्यारेक्टर गर्न मन पर्छ ।' उनले पण्डितकै भूमिकामा फिल्म 'कमलेको बिहे' मा पनि काम गरेका छन् । 
Most Visited News (monthly)