Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छवि ओझा नम्वर वान प्रोड्यूसर’ : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/05
 
निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा सम्भवतः घरेलू फिल्ममा सर्वाधिक गसिप लेखिने जोडी हुन् । बिहे, डिभोर्स अनि मित्रता यी पूर्वपति र पत्नीको समिकरण हो । यो कपल अहिले पनि गसिपबाट टाढा छैन । 
 
तर, पछिल्लो समय भने छवि र रेखाको मन पग्लिएजस्तै देखिन्छ । रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता क्रियाकलापले पनि यी दुईले पुरानो दुश्मनी भुल्दै गएको अनुमान लगाउन सकिन्छ । 
 
यसैबीच, फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छवि ओझा निर्मित फिल्म 'मंगलम' लाई अभिनेत्री थापाले शुभकामना दिएकी छिन् ।
 
सोमवार फेसबुकमा फिल्मको ट्रेलर शेयर गर्दै उनले लेखेकी छन्, 'नेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म 'मंगलम' यही शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शनमा आउँदैछ । छवि बा र 'मंगलम' को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।' 
 

उनी अंग्रेजीमा अगाडि लेख्छिन्, 'छवि ओझा यू आर अलवेज नम्वर वान प्रोड्यूसर ।' यो स्टाटसले पनि छविसँगको उनको मित्रतालाई थप स्पष्ट पारिदिएको छ ।
 
यसै वर्ष प्रदर्शनमा आएको रेखा अभिनीत तथा निर्मित फिल्म 'रुद्रप्रिया' को प्रिमियरमा छविराज, अभिनेत्री शिल्पा पोखरेलसँग कुमारी हल पुगेका थिए । 
Most Visited News (monthly)