Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

दीपिकाको नयाँ स्टार बन्ने संभावना कति ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/05
अभिनेत्री रेखा थापापछि नेपाली फिल्म क्षेत्रमा यस्ता कुनै नायिकाको जन्म भएको छैन, जसले आफ्नो एकलौटी वर्चश्व जमाउन सफल भएका हुन् । हुनत, नयाँ केही अभिनेत्रीमा त्यो छनक भने देखिएको छ । जस्तै: साम्राज्ञी राज्यलक्ष्मी शाह, बर्षा राउत, स्वस्तिमा खड्कालगायत । 
 
रेखापछि नेपालको नम्वर वान नायिकाको 'ट्याग' अभिनेत्री प्रियंका कार्कीले आफ्नो पोल्टामा पारिसकेकी थिइन् । तर, लगालग फ्लप फिल्मको संख्या आफ्नो खातामा जम्मा हुन थालेपछि उनले यसलाई जोगाइराख्न सकिनन् । अहिले साम्राज्ञी र वर्षालाई यो 'ट्याग' को हकदार मानिन थालिएको छ । तर, यसका लागि अझै केही समय प्रतिक्षा गर्नेपर्ने हुन्छ । 
 
रेखापछि अब नायिकाको स्टारडमको भ्याकुम कसले पुरा गर्ला ? आइतवार नेपाल चलचित्र कलाकार संघले फिल्म 'ऐश्वर्य' की डेब्यू अभिनेत्री दीपिका प्रसाईँलाई ‘नव-प्रतिभा प्रोत्साहन सम्मान’ प्रदान गर्‍यो । पुरस्कार ग्रहण गर्न नायिका प्रसाईँ रातो फूलबुट्टाले भरिएको कालो रंगको साडी लगाएर कार्यक्रममा पुगिन् ।
 
 
अर्को वर्ष आयोजना हुने प्रायः फिल्म अवार्डमा उनले नव-अभिनेत्रीको अवार्ड चुम्ने पक्का छ । अभिनय, सुन्दरता र डाइलग डेलिभरीका कारण अबको नयाँ स्टार अभिनेत्रीको रुपमा दीपिकालाई हेरिन थालिएको छ ।
 
अचेल उनी एक नयाँ फिल्मको गुपचुप छायांकनमा व्यस्त रहेको स्रोत बताउँछ । केहीदिन अगाडि एक फिल्मका लागि उनले ६ लाख पारिश्रमिक माग गरेको खबर भाइरल भएको थियो । तर, उनले यो कुरालाई ठाडै नकारिन् ।
 
'ऐश्वर्य' बक्सअफिसमा हिट भएका कारण पनि अहिले दीपिकाको डिमाण्ड आकाशिँदो छ । उनको यो छलाङ केही दिनका लागि मात्र भएन भने उनी नेपाली फिल्म क्षेत्रकै प्रतिनिधित्व गर्ने स्टार बन्ने संभावना छ । 
Most Visited News (monthly)