Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुम्ल्याहा बच्चाकी आमा बनिन् सनी

एजेन्सी, मुम्बई, 2018/03/05
बलिउड अभिनेत्री सनी लियोनी जुम्ल्याहा बच्चाकी आमा बनेकी छिन् । यो कुराको खुसी उनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत फ्यानसँग शेयर गरेकी छन् । 
 
सोसल मिडियामा एक क्यूट फ्यामेली फोटो शेयर गर्दै सनीले लेखेकी छिन्, '२१ जून २०१७ मा हामीलाई यो जानकारी मिलेको थियो कि म चाँडै तीन बच्चाकी आमा बन्दैछु ।' 
 
 
उनी अगाडि लेख्छिन्, 'अशर सिंह वीबर, नोहा वीबर र निशा कौर  वीबर आएपछि अब हाम्रो परिवार पूरा भएको छ । हाम्रो छोराको जन्म केही हप्ता अगाडि मात्र भएको हो तर ऊ हाम्रो सपना र दिलमा भने धेरै पहिला देखि बढिरहेको थियो । भगवानको आशीर्वादबाट हाम्रो परिवार पूरा भएको छ ।'  
 
सनीको यो पोष्ट देखेपछि जो कोहीँ एकपटक हैरान हुन्छन् । सनी लियोनीलाई यो जुम्ल्याहा बच्चा सेरोगेसीको मद्दतबाट भएको हो । तर, उनलाई यस बारेमा जून २०१७ मा नै थाहा थियो । 
 
 
३६ वर्षिय सनी लियोनीको विवाह सन् २०११ मा डेनियल वेबरसँग भएको थियो । यो जोडीले गएको वर्ष मात्र छोरी निशालाई एडप्ट गरेका थिए । 
Most Visited News (monthly)