Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डामाडोल’ मा आसिफ र निश्चल कन्फर्म

फिल्मीखबर, काठमाण्डौ, 2018/03/05
यस वर्षको हिट फिल्म ‘दुई रुपैयाँ’ को सिक्वेल निर्माण हुने खबर केहीदिन यता नेपाली सिनेवृतमा 'हट केक' बनिरहेको छ । तर, यो कुरालाई अभिनेता आसिफ शाह सिधै नर्काछन् । यस्तैमा ‘दुई रुपैयाँ’ कै टिमले नयाँ फिल्म निर्माण गर्ने भएको छ, ‘डामाडोल’ । 
फिल्मको यतिबेला स्क्रिप्टको काम भइरहेको र बैशाख १५ बाट छायांकन सुरु हुने बताइएको छ । फिल्ममा आसिफ र निश्चल बस्नेत प्रमुख भूमिकामा हुनेछन् । नायिका छनौट भने भइसकेको छैन । 
 
 
जी ट्वान्टी वान पिक्चर्स र ब्ल्याक हर्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘डामाडोल’ लाई ‘दुई रुपैयाँ’ फेम निर्देशक असिम शाहले नै निर्देशन गर्नेछन् । 
 
फ्लोरमा जानु अगावै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ । निर्देशक शाहका अनुसार, फिल्मलाई वर्ष २०७५ को असोज ५ गते प्रदर्शनमा ल्याइनेछ । 
Most Visited News (monthly)