Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

केकीलाई ‘हुर्रे’ गर्दाको सकस : ‘दुई अर्थी शब्द बोल्न गाह्रो भो’

फिल्मीखबर, काठमाण्डौ, 2018/03/05
फागुन २५ गते फिल्म ‘हुर्रे’ रिलिज हुँदैछ । ‘ठेकीमा दही’ र ‘पशुपति’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण फिल्मले बक्सअफिसमा सुखद नतिजा ल्याउने धेरैले अनुमान लगाएका छन् ।
 
अनुप विक्रम शाही, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्कालगायतका कलाकाहरुको अभिनय रहेको फिल्मका निर्देशक तथा लेखक यम थापा हुन् । 
 
 
निर्देशक थापासँग अभिनेत्री केकीको यो दोस्रो सहकार्य हो । यसअघि उनको प्रमुख भूमिका रहेको 'राज्जा रानी' लाई यम आफैंले निर्देशन गरेका थिए ।
 
‘हुर्रे’ आफ्नो १९ औं फिल्म बताउने केकी पहिलो फिल्म ‘स्वर’ रिलिजको बेला झैँ प्रत्येक नयाँ फिल्म रिलिज हुन लाग्दा डर र चिन्ताले डेरा जमाउने बताउँछिन् । 
 
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै केकी भन्छिन्, ‘हुर्रे’ मा मैले यसअघि निर्वाहा गरेका भूमिका भन्दा विल्कुलै फरक छ । पशुपति मन्दिरमा फूल बेच्ने मेनकाको भूमिका निर्वाहा गरेकी छु । उसलाई दुई अर्थी शब्द बोल्न एकदमै मन पर्छ । रियलमा चाहीँ म यस्तो कुरा सुन्न र बोल्न मन पराउँदिनँ । तर गर्नुपर्ने क्यारेक्टर फेरि त्यस्तै छ । त्यो मेरो लागि निकै ठूलो चुनौती थियो ।’ 
 
‘दुई अर्थी शब्द बोले पनि अपाच्य भने चाहीँ छैन । मैले त्यो क्यारेक्टरकै लागि भए पनि राजाराम दाईसँग बढी समय विताउथेँ, जसले गर्दा मलाई दुई अर्थी संवाद बोल्न सजिलो हुन्थ्यो ।’ केकीले भनिन् ।
 
‘हुर्रे’ मा पण्डित महाराज बनेका ह्यान्डसम भिलेन अनुप विक्रम शाही आफूलाई फरक-फरक भूमिका गर्न रुचाउने बताउँछन् । 
 
 
उनी भन्छन्, ‘फिल्मका लागि मैले कपाल मुण्डन गर्नुपर्ने थियो । सायद, सबै कलाकारलाई कपाल मुण्डल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती हुन्छ । मेरो त झन् 'ब्याक टू ब्याक' फिल्म थियो । तर क्यारेक्टरलाई न्याय गर्न मैले ‘हुर्रे’ का लागि कपाल मुण्डन गरेँ ।’ 
 
कमेडी जनरको यो फिल्मलाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले संयुक्त रुपमा निर्माण गरेका छन् ।
Most Visited News (monthly)