Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ओस्कार अवार्ड’ मा ग्यारी र फ्रान्सेज उत्कृष्ट (पूर्ण सूचीसहित)

फिल्मीखबर, क्यालिफोर्निया, 2018/03/05
 
हालै अमेरिकाको लास एञ्जलिसमा सम्पन्न भएको अन्तर्राष्ट्रीय फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार समारोह अर्थात्, ९० औँ ओस्कर अवार्डमा गुइलेर्मो डेल तोरो निर्देशित ‘द सेप अफ वाटर’ उत्कृष्ट फिल्म घोषित भएको छ । 
 
यो फिल्म ओस्करका लागि सबैभन्दा बढी अर्थात्, १३ क्याटगरीजमा नोमिनेट भएको थियो । फिल्मले निर्देशन, प्रोडक्सन डिजाइन र पार्श्वध्वनिमा ओस्कार जितेको छ । 
 
'डार्केस्ट आवर' बाट ग्यारी ओल्डम्यानले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा 'थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी' बाट फ्रान्सेज म्याकदोर्मेडले उत्कृष्ट अभिनेत्रीको ओस्कार अवार्ड उचालिन् । 
 
 
ओस्कारको क्रममा बलिउडका दुई चर्चित कलाकार श्रीदेवी र शशि कपूरको सम्झना गरिएको थियो । इभेन्टमा मेमोरियन सेग्मेन्टमा ओस्करले यस वर्ष दुनियाँबाट अलविदा भनेका सबै कलाकारलाई श्रद्धाञ्जली दिएको छ । 
 
कस-कसले जिते ९० औँ ओस्कर अवार्ड ? 
 
उत्कृष्ट फिल्म : द सेप अफ वाटर
 
उत्कृष्ट निर्देशक : गुइलेर्मो डेल तोरो-द सेप अफ वाटर
 
उत्कृष्ट अभिनेता : ग्यारी ओल्डम्यान, डार्केस्ट आवर
 
उत्कृष्ट अभिनेत्री : फ्रान्सेज म्याकदोर्मेड, थ्री बिलबोर्दस आउटसाइड दि एबिङ, मिजौरी
 
उत्कृष्ट सह-अभिनेता : साम रकवेल- थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिसौरी
 
उत्कृष्ट सह-अभिनेत्री : एलिसन जाने- आइ टोन्या
 
उत्कृष्ट विदेशी भाषाको फिल्म : अ फ्यान्टास्टिक उमन-चिली
 
उत्कृष्ट एनिमेसन फिचर : कोको
 
उत्कृष्ट भिज्वल इफेक्ट : ब्लेड रनर
 
उत्कृष्ट सम्पादन : डनकर्क- लि स्मिथ
 
उत्कृष्ट एनिमेसन, सर्ट फिल्म : डियर बास्केट
 
 
उत्कृष्ट सर्ट फिल्म लाइभ एक्सन : द साइलेन्ट चाइल्ड
 
उत्कृष्ट सर्ट वृत्तचित्र : ह्वेन इज अ ट्राफिक जाम अन द ४०५-इडिथ एण्ड एडी
 
उत्कृष्ट प्रोड्क्सन डिजाइन : द सेप अफ वाटर
 
उत्कृष्ट कस्टियूम डिजाइन : फ्यान्टम थ्रेड-मार्क बिर्जेस
 
उत्कृष्ट मेकअप तथा हेयर स्टाइलिङ : डार्केस्ट आवर-काजुहिरो सुजी, डेभिड मालिनोस्की तथा लुसी सिबिक  ‍
 
उत्कृष्ट वृत्तचित्र, फिचर : इकारस
 
उत्कृष्ट ध्वनी सम्पादन : डनकर्क- रिचर्ड किङ, एलेक्स गिब्सन
 
उत्कृष्ट ध्वनी मिश्रण : डनकर्क
 
उत्कृष्ट पटकथा, एडेप्टेसन : जेम्स आइभोरी-कल मि बाइ योर नेम
 
उत्कृष्ट पटकथा, ओरजिनल : जोर्डन पिल, गेटआउट
 
उत्कृष्ट सिनेम्याटोग्राफी : रोजर ए डिकेन्स, द ब्लेड रनर २०४९
 
उत्कृष्ट पार्श्व ध्वनी : इलेक्जेन्द्रे डेसप्लाट -द सेप अफ वाटर
 
उत्कृष्ट फिल्म गीत : रिमेम्बर मी-कोको
Most Visited News (monthly)