Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गाजा बाजा’ पारिवारिक फिल्म : निर्देशक पाण्डे

फिल्मीखबर, काठमाण्डौ, 2018/03/05
यही फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’ को टिम यतिबेला मोफसल दौडमा निस्केको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा पोखराबाट यसको प्रचार-प्रसार सुरु गरिएको हो । 
 
निर्देशक गणेशदेव पाण्डे, अभिनेता अमर सुवेदी, रबिन थापालगायत अहिले मोफसलमा छन् । शनिबार पोखरा र आईतबार बुटबल, नारायणघाट र हेटौंडामा यो फिल्मको पत्रकार भेटघाट गरियो । 
 
 
भेटघाटका क्रममा निर्देशक गणेश देब पाण्डेले यो पारिवारिक र हास्य प्रधान फिल्म भएको बताएका छन् । उनी भन्छन्, ‘गाजा बाजा’ ले दर्शकलाई मज्जाले हँसाउँछ र पूर्ण मनोरञ्जन दिन्छ ।’ पोखराबाट सुरु भएको मोफसल यात्रा पूर्व दमकमा पुगेर सम्पन्न हुनेछ । 
 
यसलाई दिपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्म पारिवारिक भएकाले सबैले सँगै बसेर हेर्न मिल्ने निर्माता रेग्मीले बताए । फिल्मले गाँजा खाने दुई पात्रको कथा बोल्छ । 
 
यो फिल्ममा अनुपम शर्मा, शुशील सिटौला, उद्दव भट्टराई, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । 
 
याकोपो रास्लिकले खिचेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो । 
Most Visited News (monthly)