Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो प्रोजेक्टमा आँचललाई सिफारिस गर्छन् पल ?

फिल्मीखबर, काठमाण्डौ, 2018/03/04
युवा स्टार पल शाह अभिनीत फिल्ममा अभिनेत्री आँचल शर्मा प्रायः जोडिएकी नै छिन् । डेब्यू फिल्म 'नाई नभन्नू ल ४' बाट अभिनेत्री शर्मासँग उनको सहयात्रा सुरु भएको थियो । यसपछि यी दुईले 'जोनी जेन्टलम्यान' र अब चैत ९ गते प्रदर्शनको तरखरमा रहेको फिल्म 'शत्रु गते' मा पनि सँगै काम गरे । 
 
एकपछि अर्को फिल्ममा सँगै देखिनुले पनि यी दुई गहिरो प्रेममा रहेको चर्चाले केही वर्षदेखि सिनेवृत गज्जबले तातेको छ । तर, उनीहरु एकअर्कालाई मिल्ने साथी मात्र बताउँछन् ।
 
पल र आँचलका लागि प्रेम चर्चा अब सामान्य बन्दै गएको छ । यस्तैमा यतिबेला अर्को चर्चाले भने यो कपललाई ठूलै तनाब दिइरहेको छ । 
 
 
खबरअनुसार, पल आफूलाई आएको प्रोजेक्टमा अभिनेत्री आँचललाई सिफारिस गरिरहेका छन् । के यो सत्य हो ? शुक्रवार फिल्म 'शत्रु गते' को ट्रेलर सार्वजनिक कार्यक्रममा यी दुईलाई प्रश्न तेर्सियो ।
 
पलले उत्तर दिँदै भने, 'एकदमै गलत हो । मैले आजसम्म कुनै पनि फिल्ममा आँचललाई सिफारिस गरेकै छैनँ ।' उनको छेवैमा रहेकी आँचलले भावुक मुद्रामा क्यारेक्टरमा फिट नभएसम्म कुनै पनि निर्देशकले कसैको कुरा नसुन्ने जिकिर गरिन् ।
 
उनी भन्छिन्, 'क्यारेक्टरमा फिट नभएसम्म कुनै निर्देशकले कसैको कुरा सुन्नुहुन्छ जस्तो मलाई लाग्दैनँ । क्यारेक्टरमा फिट नहुँदा-नहुँदै कोही कसैलाई कसरी लिन्छ ? फिल्म भनेको इन्टरटेन्मेन्ट र विजनेश हो । निर्देशक र निर्माताले घाटा हुने गरि कसैको कुरा सुन्न हुन्छ जस्तो त मलाई लाग्दैनँ ।' 
 
पल र आँचल फिल्म 'शत्रु गते' बाट निकै आशावादी देखिन्छन् । हास्यकलाकारको जम्बो टिममा पनि आफूहरुलाई बलियो रुपमा प्रस्तुत गर्न निर्देशक प्रदीप भट्टराई सफल भएको यी दुईको भनाई छ ।
 
पल भन्छन्, 'फिल्म अफर आउँदा कतै चेपुवामा पो परिने होकि भन्ने चिन्ता थियो । तर, स्क्रिप्ट सुनेपछि त्यो भ्रम हट्यो ।' आँचलको भनाई पनि यस्तै छ ।
Most Visited News (monthly)