Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हिरोज’ ट्रेलर : मुकेशको प्रेममा करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/04
सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा कलाकार र निर्माण टिमको उपस्थितिमा रोमान्टिक र एक्सन ड्रामा मिश्रित कलरफुल ट्रेलर सार्वजनिक गरियो । 
 
 
चैत २३ गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्ममा करिश्माको जोडी अभिनेता मुकेश ढकालसँग बाँधिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्ममा जयकिसन बस्नेत, पूर्णिमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । 
 
जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा हुन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा रहेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्ममा शंकर महर्जनको द्वन्द्व, कमल राई, कबिराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । 
 
फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णिमा बताउँछिन् । फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ । एनबि महर्जन फिल्मका निर्देशक हुन् । 
 
भिडियो :-

Most Visited News (monthly)