Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फेरि झरनाकै फिल्ममा सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2018/03/04
यस वर्षको हिट फिल्म 'ए मेरो हजुर २' पछि अभिनेता सलिनमान बनियाँलाई सम्भावना बोेकेको नायककोे रुपमा हेरियो । क्यूट स्माइल, चकलेटी लुक्स र आकर्षक हेयर स्टाइलकै कारण उनी डेब्यू फिल्मबाटै रातारात स्टारको रुपमा चम्किए । तर, यसपछि उनी कता बेपत्ता भए कसैलाई पत्तो भएन । 
 
धेरै निर्माता फिल्म अफर लिएर उनको घरसम्म पुगेको खबर बारम्बार आइरह्यो । तर, उनले सबै प्रोजेक्ट अस्वीकार गरे । केही दिन अगाडि दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई सहयोग गर्न पुगेका उनले अब भने फिल्म गर्ने मूडमा रहेको बताएका थिए । 
 
धेरैको विश्वास थियो, नायिका झरना थापाले आफ्नो दुई नयाँ प्रोजेक्ट 'ए मेरो हजुर ३' र 'भागवत गीता' मध्ये एकमा फेरि सलिनलाई दर्शकमाझ ल्याउनेछिन् । प्राप्त जानकारी अनुसार, यी दुई फिल्म मध्ये एकमा सलिनको इन्ट्री कन्फर्म भएको छ । 
 
 
जलाजलालाई सहयोग गरे लगत्तै निर्माता सुनिल कुमार थापा र सलिनमानको एक औपचारिक भेट भएको थियो । निर्माता थापाले आफ्नो फेसबुकमा सलिनमानसँग 'ए मेरो हजुर ३' को विषयमा कुरा भइरहेको लेखेका थिए ।
 
यस विषयमा जानकारी दिँदै सुनिलले फिल्मीखबरसँग भने, 'सलिन घरकै हिरो हो । उसले तत्काल बाहिरको फिल्म नगर्ने भएपछि फेरि हामीले नै पर्दामा लिएर आउन लागेका छौं ।' 
 
उनी अगाडि भन्छन्, 'ए मेरो हजुर ३' र 'भागवत गीता' दुवैको स्क्रिप्ट तयार छ । सलिनलाई दुवै फिल्मको कन्सेप्ट थाहा छ । उसले सबैभन्दा अगाडि बन्ने फिल्ममा काम गर्छु भनेर मौखिक जानकारी दिएको छ । दुई फिल्म मध्ये एकमा सलिन पक्का हो ।' उनका अनुसार, बैशाख २६ गते फिल्मको घोषणा गर्ने तयारी छ । 
 
झरना 'ए मेरो हजुर ३' भन्दा अगाडि 'भागवत गीत' निर्माण गर्ने सोचमा छिन् । यतिबेला उनी विदेश भ्रमणमा छिन् । केही दिनमा नेपाल फर्किएपछि कुन फिल्म सबैभन्दा अगाडि गर्ने भन्ने कुराको निर्धारण हुने निर्माता सुनिल कुमार थापा बताउँछन् । 
Most Visited News (monthly)