Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रणवीर भन्छन्, ‘एकै सासमा शाहरुख र मेरो नाम लिनु पाप हो’

एजेन्सी, मुम्बई, 2018/03/04
बलिउड सुपरस्टार रणवीर सिंहले फिल्म ‘पद्मावत’ पछि अहिले जोया अख्तरको फिल्ममा काम गरिरहेका छन् । एक अन्तर्वार्ताको क्रममा रणवीरलाई लगातार मिलिरहेको सफलतापछिको अनुभवको विषयमा सोधिएको थियो । उनले उत्तर दिँदै भने, ‘मैले त मात्र हिरो बन्ने सपना देखेको थिएँ । अब त भिलेन पनि बनेँ ।’  
 
रणवीरको तुलना अब शाहरूख खानको ‘डर’, ‘अंजाम’, ‘बाजीगर’ जस्तो ‘जोन’ मा हुन थालेको छ । रणवीर भन्छन्, ‘जबदेखि मैले बलिउडमा डेब्यू गरेँ तबदेखि मेरो तुलना शाहरुख खानसँग भइरहेको छ । यो गलत हो । शाहरूख खान आफैंमा स्टारडमको पूरा संसार हो । म त्यसको छोटो अंश पनि होइनँ ।’ 
 
 
उनी अगाडि भन्छन्, ‘शाहरूख खानले फिल्मलाई यति धेरै दिएका छन् कि बलिउडको ढाँचा नै परिवर्तन भइसकेको छ । मेरो र शाहरूखको नाम एकै सासमा लिनु पनि पाप हो । उनले आजसम्म जति पनि पाएका छन् त्यसको एक टुक्रा पनि मैले पाएँ भने म सफल हुन्छु ।’
 
आदित्य चोपडाको अफिसमा तीनवटा मात्र पोष्टर छ- सलमान खान, शाहरुख खान र रणवीर सिंह । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘रणवीरले मलाई यति कमाएर दिन्छन् कि जति कुनै स्टारले दिन्छन् ।’ 
 
रणवीर सिंह यतिबेला यशराज फिल्म्सका लागि सलमान खान र शाहरूख खानपछि तेस्रो ठूला सुपरस्टार हुन् । गएको पाँच वर्षमा आदित्य चोपडाका फेभरेट पनि बनिसकेका छन् उनी । अहिले बलिउडमा हरेक ठूलो अभिनेताको कुर्सी रणवीरले हल्लाउन थालेका छन् ।
Most Visited News (monthly)