Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको नेपाल भ्रमण बैशाख पहिलो साता

फिल्मीखबर, काठमाण्डौ, 2018/03/03
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै स्थगित भएको बलिउड सुपरस्टार सलमान खानको नेपाल कन्सर्ट अब वर्ष २०७५ को बैशाख पहिलो साता हुने भएको छ । 
 
नेपालको आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो कुराको औपचारिक जानकारी दिएको हो । 'दबगं द टूर नेपाल' विशेष कारणले स्थगित भएको फेसबुकमा उल्लेख गरिएको छ । 
 
 
'करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको छ । बैशाखमा हुने कार्यक्रमको दिन तय भएपछि हामी सञ्चारमाध्यम, सोसल मिडियामार्फत जानकारी गराउने छौं ।', अडिसीले फेसबुकमा लेखेको छ । 
 
फेसबुकमा टिकट लिइसकेका दर्शकले त्यही टिकटबाट कार्यक्रम हेर्न पाउने बताइएको छ । आयोजक संस्थाका अनुसार, टिकट बिक्रि जारी राखिने छ ।
 
कार्यक्रम हुने निश्चित भएको भन्दै केही हप्ता अगाडि सलमानका भार्इ तथा आयोजक समेत रहेका सोहेल खानले काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए । 
 
 
कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो । 
 
सलमानले आफू नेपाल आउन लागेको जानकारी आफ्नो आधिकारिक फेसबुक र ट्विटरबाट समेत दिएका थिए । 
 
सलमानले 'द ब्याङ्ग टुर' नेपालका लागि भनेर अग्रिम ५ करोड रुपैयाँ बुझिसकेका छन् भने, आयोजक संस्थाले करीब ५ हजारभन्दा बढी टिकट बिक्रि गरिसकेको छ । 
Most Visited News (monthly)