Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परी’ मा अनुष्काको रुप देखेर डराए विराट

एजेन्सी, मुम्बई, 2018/03/03
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले फिल्म ‘परी’ मा आफ्नी श्रीमती तथा अभिनेत्री अनुष्का शर्माको कामको तारिफ गरेका छन् । 
 
विराट कोहलीले शुक्रवार ट्विट गर्दै लेखे, ‘गएको साँझ फिल्म ‘परी’ हेरेँ । यो मेरी पत्नीको अहिलसम्मकै उत्कृष्ट काम हो । गएको केही समयमा मैले योभन्दा राम्रो फिल्म हेरेको थिइनँ । डर पनि लाग्यो तर तिमीप्रति गर्व छ अनुष्का शर्मा ।’ 
 
 
नवोदित निर्देशक प्रोसित रोय द्वारा निर्देशित यो हरर फिल्मलाई अनुष्काको  क्लीन स्लेट फिल्म्स र क्रीआज इन्टरटेँमेन्टले संयूक्त रुपमा निर्माण गरेको हो । फिल्म 'एनएच १०' र 'फिलोरी' पछि एक निर्माताको रुपमा अनुष्काको यो तेस्रो फिल्म हो । 
 
अनुष्कासँगै परमब्रता चटर्जी, रजत कपूर र रीता बिहारी चक्रवर्तीको पनि फिल्ममा प्रमुख भूमिका छ । यो फिल्म २ मार्चबाट संसारभर प्रदर्शन भइरहेको छ । 
Most Visited News (monthly)