Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पालेदार्इ’ निर्देशक अब कवि

फिल्मीखबर, काठमाण्डौ, 2018/03/03
‘पालेदाई’, ‘करोडपति’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’ जस्ता दर्जनौ यादगार फिल्मका निर्देशक दयाराम दाहालले शुक्रवार औपचारिक रूपमा आफ्नो परिचय थपेका छन्, कविका रूपमा । 
 
उनले पहिलो कविता संग्रह ‘शब्द-संग्राम’ सहित साहित्यिक फाँटमा पनि पाइला चालेका हुन् । हुनत, उनी फिल्ममा कथा र गीत लेखन विधामा पहिलेदेखि नै सक्रिय रहँदै आएका थिए । 
 
 
शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेल, संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले संयूक्त रुपमा ‘शब्द-संग्राम’ को लोकार्पण गरे । 
 
२५० रुपैयाँ पर्ने झन्डै एकसय पचास पृष्ठको कविता संग्रहलाई डिकुरा पब्लिकेशनले प्रकाशन गरेको हो । कविता संग्रहमा निर्देशक तथा लेखक दाहालले आफ्नो फिल्म क्षेत्रको सुरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । 
 
मन्त्री पोखरेलले जनताका लागि मात्र नभएर राजनीतिक गर्ने मानिसहरुका लागि पनि कविता संग्रह ‘शब्द-संग्राम’ प्रकाशित भएको बताए । यस्तै, कविता संग्रहको समीक्षात्मक टिप्पणी गर्दै साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले ‘शब्द-संग्राम’ पाठकहरुले पढ्नै पर्ने भन्दै प्रशंसा गरे ।