Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/03/02
चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शत्रु गते’ को कमेडी ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई समावेश गरिएको छ । 
 
 
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडी भरपूर छ । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भएपछि धेरैका लागि ‘शत्रु गते’ को ट्रेलर प्रतिक्षामा थियो । फिल्ममा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । 
 
पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि फिल्म घुमेको छ । पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ । 
 
यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । छोराको भूमिकामा पल छन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ । 
 
ट्रेलर हेर्नुहोस् :-
 

 
‘शत्रु गते’ मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । 
 
तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ । 
 
यो फिल्मलाई लिएर अहिले सिंगो फिल्म क्षेत्र र दर्शकमा उत्साह देखिएको छ । मल्टिस्टार कलाकार भएका कारण पनि यो फिल्म हिट हुने अड्कल काटिएको छ ।
Most Visited News (monthly)