Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ज्याकीले जब अनिललाई १७ थप्पड लगाए !

एजेन्सी, मुम्बई, 2018/03/02
अभिनेता ज्याकी श्राफले वर्ष १९८९ को फिल्म 'परिन्दा' को सुटिङको क्रममा सह-कलाकार अनिल कपूरलाई १७ थप्पड लगाएको खुलासा गरेका छन् । कलर्स इनफिनिटी च्यानलमा 'बीएफएफस विद वोग' को नयाँ एपिसोडमा ज्याकीले अनिलसँग काम गर्दाको अनुभव सुनाए ।  
 
 
अनिललाई थप्पड मार्नु पर्ने एक दृश्यको कुरा गर्दै उनले भने, 'फिल्मका निर्देशक विधु विनोद चोपडा सिनबाट सन्तुष्ट थिए तर अनिलले लगातार रिटेक गरिरहे । किनकी, उनी सबैकुरा एकदम सही चाहन्थे ।'  
 
ज्याकीले अगाडि भने, 'मैले उनलाई १७ पटक गालामा थप्पड हाने तर उनी (अनिल) लड्ने गरि गरि भने होइन ।' यी दुई अभिनेताले 'राम लखन',  '१९४२ : अ लव स्टोरी' र 'कभी ना कभी' फिल्ममा एकसाथ काम गरेका छन् । 
Most Visited News (monthly)