अन्ततः फिल्म ‘इन्काउन्टर गल्ली’ अब प्रदर्शनका लागि तयार भएको छ । फिल्मले आफ्नो रिलिज डेट चैत्र २ गतेलाई लक गरेको छ । राजन चौलागाईँको निर्माणमा तयार भएको फिल्मलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।
खुसी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा गजित बिष्ट, नवराज राउत, श्वेता खड्का, राजन चौलागाईँ, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।
एक्सन प्रधान ‘इन्काउन्टर गल्ली’ ले गल्ली-गल्लीमा हुने अपराधिक क्रियाकलापको कथा उठाएको निर्देशक घिमिरे बताउँछन् । फिल्ममा नायक गजित बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।

