Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झोला’ निर्देशकको ‘भोर’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/03/02
करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ का निर्देशक यादवकुमार भट्टराईद्वारा निर्देशित फिल्म ‘भोर’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । 
 
मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथालाई पर्दामा उतार्न खोजेको निर्माण टिमले पोष्टर रिलिजसँगै प्रदर्शन मिति पनि घोषणा गर्‍यो । फिल्म आगामी बैशाख २१ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
 
 
जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा निर्देशक भट्टराईले फिल्मको पोष्टर र प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । सार्वजनिक पोष्टरमा अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छिन् । 
 
कृष्ण धारावासीको कथामा निर्मित फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु प्रमुख भूमिकामा छन् ।
 
फिल्मका कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुवेदी हुन् । दिपक बज्राचार्यले छायांकन गरेको फिल्म भोरका निर्माता राज तिमल्सिना र राम गोपाल थापा हुन् । 
Most Visited News (monthly)