Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तश्वीरमा हेर्नूस् कलाकारको होली

फिल्मीखबर, काठमाण्डौ, 2018/03/01
 
विगतका वर्षमा झैँ यसपालिको होली पनि चलचित्रकर्मीले जमेर मनाएका छन् । चलचित्र, संगीत, मोडलिङ तथा नाट्य क्षेत्रका कलाकर्मीहरू विभिन्न स्थानमा जम्मा भएर शुभकामना आदान–प्रदान गर्दै रङहरूमा रंगिए । 
 
 
प्रत्येक वर्ष झैँ अभिनेत्री करिश्मा मानन्धरले यसपालि पनि होली विशेष जमघट गरिन् । करिश्माले गोदावरीस्थित आफ्नो निवास तथा भिलेज स्टुडियोमा आयोजना गरेको होलीमा दर्जनौं चलचित्रकर्मी उपस्थित थिए । 
 
 
चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म 'शत्रु गते' टिमले बानेश्वरमा रेडियो अडियोसँग मिलेर संयूक्त होली विशेष कार्यक्रम राखेको थियो ।
 
जहाँ फिल्मका कलाकारहरु पल शाह, आँचल शर्मा, दीपकराज गिरी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, दीपाश्री निरौला सँगै हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्री लगायतले होलीको शुभकामना आदान-प्रदान गर्दै आफ्नो प्रस्तुतीले दर्शक नचाए । 
 
 
प्रत्येक वर्ष झैँ निर्माता छविराज ओझाले यसपालि पनि मध्यबानेश्वरस्थित आफ्नो अफिस छविराज प्रोडक्सनमा होली आयोजना गरे भने गोपीकृष्ण मुभिज र टिभी फिल्मले पनि होली विशेष कार्यक्रम आयोजना गरे ।
 
 
यस्तै, अभिनेत्री श्वेता खड्काले तीन वर्षपछि घरमै बसेर होली खेलिन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनी रंगको सामुन्ने कहिल्यै परेकी थिइनन् । 
 
पोखरामा फिल्म 'रामकहानी' को छायांकनमा व्यस्त अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापा, हास्यकलाकार केदार घिमिरे, अभिनेता आकाश श्रेष्ठलाई रंग दल्दै होली मनाइन् । अभिनेत्री रेखा थापा आमाको हातबाट रंगले रंगिएपछि साथीहरुसँग रमाइलो गर्दै होली खेलिन् । 
 
 
अभिनेता भुवन केसीले छोरा अनमोल केसी र प्रेमिका भनिएकी जिया केसीलाई रंग दलेर होलीको सुरुवात गरे । निर्देशक दीवाकर भट्टराई होली मनाउन केसी निवासमा नै पुगेका थिए । उनले अभिनेत्री दीपिका प्रसाईँसँग पनि रंग दल्दै खुसी साटासाट गरे ।  
 
 
नेपाली कलाकारहरुले होलीमा रंगिएका तश्वीरहरु सामाजिक सञ्जालमा पनि शेयर गरेका छन् । अभिनेता सरोज खनाल, अभिनेत्री रजनी केसी, निर्माता सन्तोष सेन, अभिनेत्री सारिका घिमिरे, निर्माता सुनिल कुमार थापा, निर्माता माधव वाग्ले लगायतका सयौं चलचित्रकर्मीहरुले नाचगान, रंग छ्यापाछ्यापसँगै खानपिन गर्दै दिउँसो अबेरसम्म होली खेले । 
Most Visited News (monthly)