Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन वर्षपछि रंगमा रंगिइन् श्वेता ! (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2018/03/01
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् । 
 
बिहीबार बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुरमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ । 
 
 
सर्वसाधारण मात्र होइन नेपालका चर्चित कलाकारहरु पनि रंगहरुको पर्व होलीमा यतिबेला खुब झुमिरहेका छन् । तीन वर्षसम्म रंग विनाको होली इन्जोय गर्दै आइरहेकी अभिनेत्री श्वेता खड्का पनि यसपटक भने रंगहरुसँग मज्जैले रमाइरहेकी छिन् ।
 
विवाहको एक महिना पनि नवित्दै श्रीमान तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनी रंगको सामुन्ने कहिल्यै परिनन् । तर, विस्तारै उनी अहिले सामान्य जीवनमा फर्किएकी छिन् । 
 
 
झण्डै डेढ वर्षसम्म श्रीमानको निधनको शोकमा डुबेकी श्वेताले पुनः फिल्म निर्माण र अभिनयमा पनि हात अगाडि बढाएकी छिन् । शोकलाई शक्तिमा बदल्दै उनले निर्माण र अभिनय गरेको फिल्म 'कान्छी' हाल प्रदर्शनरत छ ।
 
दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेका कारण पनि तीन वर्षपछिको होली श्वेताका लागि झन् विशेष बनेको छ । 
 
 
बिहानै मिटिङमा सहभागी भएर फर्किएकी उनी अहिले घरमा आफन्तहरुसँग होली मनाइहेकी छिन् । विभिन्न ठाउँबाट होली मनाउनका लागि निम्तो आए पनि उनी बाहिर भने निस्किएकी छैनन् ।
 
घरमा आएका आफन्त र साथीहरुलाई रंग दलेर उनी होलीको खुसी साटासाट गरिरहेकी छिन् । 
Most Visited News (monthly)