Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१० वर्षपछि जन्मथलो पुगे उदितनारायण

फिल्मीखबर, काठमाण्डौ, 2018/03/01
प्रसिद्ध नेपाली पार्श्व गायक उदितनारायण झा करीब दश वर्षपछि आफू जन्मिएको गाउँ सप्तरीको भारदह पुगेका छन् । घरायसी कामको शिलशिलामा जन्मथलो पुगेका उदित जेठी श्रीमति रञ्जना झासँग करिब एक साता सप्तरीमा बस्ने छन् । यस वर्षको होली उनले आफ्ना बाल्यकालका साथीहरुसँग रमाइलो गरेर मनाउँदैछन् । 
 
गायन पेशामा लागेर झा लामो समयदेखि भारतमा बस्दै आए पनि उनका दाजुभाइ भारदहमै बसिरहेका छन् । झा गाउँ आउनेबित्तिकै भारदहस्थित प्रसिद्ध कंकालनी मन्दिरमा पूजा गरे । उदितलाई भेट्ने र फोटो खिच्नेको यतिबेला उनको घरमा भिड छ । उनी पनि प्रशंसकसँग रमिरहेका छन् । 
 
 
भारतमा बस्न थालेपछि गायक उदितले दीपा झासँग दोस्रो बिहे गरे । त्यसपछि जेठी श्रीमती रञ्जना झासित उनको सम्बन्ध विग्रिएको थियो । जेठी श्रीमती रञ्जनासँग चिसिएको उनको सम्बन्ध हाल सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।
 
जेठी श्रीमतीसँग सम्बन्ध सुधार भएपछि घरायसी कामका लागि भारदहस्थित घर आएका उनी बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मलीस्थित ससुराली (जेठी श्रीमतीको माइती) पनि पुगेका छन् । 
 
 
सन् १९७८ मा संगीत अध्ययनका लागि मुम्बई पसेका उनले दुई वर्षपछि फिल्मी गीत गाउने अवसर पाएका थिए । उनको पहिलो हिट गीत 'कयामत से कयामत तक' फिल्मको 'पापा कहते है बडा नाम करेगा' हो । उदितनारायणले अहिलेसम्म विभिन्न ३४ भाषाका २५ हजारभन्दा बढी गीत गाएका छन् । 
Most Visited News (monthly)