प्रेम सर्वश्रेष्ठ र शक्तिशाली छ । प्रेम एकमात्र त्यस्तो शक्ति हो, जसले मानिसको जिन्दगी सफल बनाउन सहयोग गर्नसक्छ । कसैको कुनै पनि व्यवहार परिवर्तन गर्न सकिन्छ भने प्रेमले मात्र सकिन्छ ।
भनिन्छ प्रेम भनेको एउटा यस्तो भावना हो जसलाई न कसैको बुद्धिले रोक्न सक्छ न कुनै तर्कले नै छेक्न सक्छ । भनिन्छ कि प्रेम प्रेरणाको खानी हो, प्रेम जीवन हो, प्रेम प्रकृति हो, प्रेम विश्वास हो अनि प्रेम संसारै हो ।
.jpg)
यही प्रेमको सागरमा चुर्लुम्म डुबेको एक सुन्दर कलिउड प्रेम जोडी हो- अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी । गएको वर्षसम्म एकअर्कालाई दिदी-भाई भन्ने यी दुई अहिले गहिरो प्रेममा छन् ।
प्रेम गर्नेहरु अहिले प्रियंका र आयुष्मानको जोडी देखेर ईश्या गर्छन् । उनीहरुको प्रेमलाई तारिफको शब्दले फूलबुट्टा भर्न आवश्यक छैन ।
.jpg)
मंगलवारबाट अभिनेत्री प्रियंका कार्की ३२ वर्षकी भईन् । हरेक प्रेमीलाई आफ्नी प्रेमिकाको बर्थडे कति स्पेशल होला ? सायद यो भनिरहन उपयूक्त नहोेला । हो, आयुष्मान देशराजलाई पनि आफ्नी प्रेमिकाको जन्मदिन आफ्नो जन्मदिनभन्दा पनि विशेष रह्यो ।
बिहानदेखि साँझसम्म प्रियंकाको दिन आफ्नो बर्थडेमा आयोजना गरिएका कार्यक्रममा केक काट्दैमा वित्यो ।
(1).jpg)
जब साँझले आफू भित्रने संकेत दिँदै थियो तब आयुष्मानले प्रियंकालाई सुन्दर शैलीमा बग्गीमा राखेर काठमाडौं शहर घुमाए । प्रियंकालाई आजसम्म यस्तो सरप्राइज कसैले पनि दिएको थिएन रे !
आयुष्मानको यस्तो प्रेम देखेर उनी गहभरी भईन् । शहर घुम्दै गर्दा उनले आयुष्मानलाई राजकुमार र आफूलाई राजकुमारी सम्झिइन् ।
.jpg)
बग्गीमा चढेका तश्बिर शेयर गर्दै प्रियंकाले फेसबुकमा लेखेकी छिन्, 'पहिलोपटक म यसरी कामिरहेकी थिएँ र नर्भस थिएँ । जब हामी बग्गी चढेर शहर घुम्यौं, मानिसहरुले हाँस्दै हाम्रो फोटो खिचिरहेका थिए र म राजकुमारी जस्तो महसुस गरिरहेकी थिएँ ।'
.jpg)
प्रियंकाको बर्थडे सेलिव्रेट गर्न प्रेमी आयुष्मानले काठमाडौंको रोयल एम्पायर बुटिक होटल 'बुक' गरेका थिए । जहाँ आयुष्मानकी आमा रविना देशराज, भाई आशिरमान देशराजसँगै प्रियंकाकी आमा उपस्थित थिइन् ।
हास्यजोडी दीपकराज गिरी, दीपाश्री निरौला, अभिनेत्री केकी अधिकारी लगायतका पाहुनाहरु पनि प्रियंकालाई बर्थडे 'विस' गर्न होटल पुगेका थिए ।
.jpg)
प्रियंकाको बर्थडे सेलिव्रेट गर्न आयुष्मानले करीब २० लाखसम्म खर्च गरेको बताइएको छ । उनले प्रेमिकालाई जन्मदिनमा महंगो पर्ने एक औँठी पनि उपहार दिएका छन् ।

