Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्लाइन्ड रक्स’ मा वेनिशाको तारिफ, प्रिमियरमा प्रदीप पनि पुगे

फिल्मीखबर, काठमाण्डौ, 2018/02/28
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा उत्रिन लागेको बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’ को बुधवार बिहान कुमारी हलमा भब्य प्रिमियर गरिएको छ ।
 
दुई सय बढी चलचित्रकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको छ । यो फिल्म दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । 
 
 
निर्देशक तथा हास्यकलाकार दीपाश्री निरौला, पहिलो मिस नेपाल रुवी राणा, स्क्रिप्ट राईटर प्रदिप भारद्वाज, निर्देशक घनश्याम लामिछाने, निर्देशक सुरज सुब्बा नाल्बो, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, अभिनेता प्रदीप खड्का, अभिनेत्री केकी अधिकारी, अभिनेत्री रिमा विश्वकर्मा लगायत फिल्मको प्रिमियरमा उपस्थित थिए । 
 
फिल्म हेरेका अधिकांशले नायिका वेनिशा हमालको कामको तारिफ गरे । उनले फिल्ममा आफूलाई सृष्टि जस्तै देखिन कुनै कसर बाँकी राखेकी छैनन् । फिल्मको कथावस्तु र निर्देशन मिलन चाम्सलाई पनि तारिफको ओहिरो लाग्यो । 
 
 
अर्पण थापा, गौरी मल्ल लगायतका कलाकारहरुको कामलाई पनि चलचित्रकर्मीले उत्कृष्ट बोलेका छन् । ‘ब्लाइन्ड रक्स’ मा सृष्टि केसीको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको जीवन संघर्ष देखाइएको छ । 
 
 
डाक्टरको गलत औषधीका कारण दृष्टि गुमाएकी सृष्टिको भूमिका रिलमा वेनिशाले निर्वाहा गरेकी छिन् । आमाको भूमिकामा गौैरी मल्ल छिन् भने प्रेमीको भूमिकामा अर्पण थापा प्रस्तुत छन् । फिल्मका निर्माता निकेश लिम्बु हुन् । 
 
तश्बिर : कुशल घतानी राई 
Most Visited News (monthly)