Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिँदा सलमानले थाम्न सकेनन् आँशु

एजेन्सी, मुम्बई, 2018/02/28
मृत्यु आफैंमा अपराजित छ, जसलाई कसैले चिर्न र जित्न सक्दैन । मृत्यु आउने न त कुनै समय हुन्छ, न कुनै सूचना । यो आउँछ टप्प टिप्छ, अनि जान्छ जसलाई कसैले चाहेर पनि फर्काउन सम्भव छैन । जन्म सँग-सँगै मानिसले मृत्यु पनि साथमै लिएर आएको हुन्छ । र, मृत्युसँगै एउटा जीवनको अन्त्य पनि ।
 
त्यहि मृत्यु, जसले ४ दशकसम्म बलिउडमा राज गरेकी एक प्रसिद्ध अभिनेत्री श्रीदेवीलाई पनि सदाका लागि लिएर गयो । वैवाहिक समारोहमा सामेल हुन दुबई पुगेकी उनको ‘कार्डिएक अरेष्ट’ का कारण निधन भयो ।
 
 
मंगलवार साँझ साढे १० बजे श्रीदेवीको पार्थिव शरीर दुबईबाट मुम्बई ल्याइएको छ । बुधवार दिउँसो ३ बजे मुम्बईमा रहेको विले पार्लेको सेवा समाज श्मशान भूमिमा उनको अन्तिम संस्कार गरिँदैछ । श्रीदेवीको पार्थिव शरीर मुम्बईमा ल्याए सँगै बलिउडका चर्चित कलाकारहरु अन्तिम दर्शनका लागि उनको घर पुगेका छन् । 
 
सलमान खान, शाहरुख खान, अजय देवगन, अनिल कपुर, पूनम ढिल्‍लन, करन जोहर, मनीष मल्होत्रा, राजपाल यादवसहित कयौं व्यक्तिहरुले उनलाई अन्तिम श्रद्धाञ्जली दिए । बलिउडका 'दबंग' सलमान खान पनि श्रीदेवीलाई अन्तिम श्रद्धाञ्जली दिन उनको घर पुगेका थिए । तर, उनले आफ्नो आँशु रोक्न सकेनन् ।  
 
श्रीदेवीको शव देखेपछि सलमान गहभरी भए । सलमानको कपूर परिवारसँग निकै नजिकको सम्बन्ध छ । सलमानले श्रीदेवीसँग केही फिल्ममा सँगै काम गरेका थिए । सन् १९९४ मा 'चांद का टुकडा' मा पहिलो पटक सलमान र श्रीदेवीले स्क्रिन शेयर गरेका थिए ।  
Most Visited News (monthly)